अहिल्यै पार्टी एकीकरण हुँदैन, सहकार्यको माध्यमबाट त्यस बिन्दुमा पुग्न सकिन्छ : ओली

अहिल्यै पार्टी एकीकरण हुँदैन, सहकार्यको माध्यमबाट त्यस बिन्दुमा पुग्न सकिन्छ : ओली
सुन्नुहोस्

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी दलहरू एकताको बिन्दुमा पुग्न सकिने बताएका छन्। सोमबार नेकपा स्थापनाको ७५औं वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सत्ता सहकार्यको माध्यमबाट एकताको बाटोमा पुग्न सकिने बताए।

'अहिल्यै मिल्न थाल्यौं भने किन फुट्या भनेर प्रश्न उठ्छ। अहिले सहमति र सहकार्य गरेर जाऔं। सहकार्यको माध्यमबाट निकट हुँदै क्रमशः हामी एकताको बाटोमा पुग्न सक्छौं,' उनले भने।

उनले अहिल्यै पार्टी एकीकरण गरिहाल्छौं वा भइहाल्छ भन्ने मनसायमा नहिंड्न आग्रहसमेत गरे। उनले वामपन्थीहरूमात्र नभएर देशभक्ति शक्तिहरू मिलेर जाने समय भएको बताए।

'वामपन्थीहरू मिलेर अगाडि बढ्ने अवस्थामात्र होइन, देशभक्ति शक्तिहरू मिलेर जाने समय हो। जो देशको स्वाधीनता र स्वतन्ताको पक्षमा वकालत गर्छ। भ्रष्टाचारविरुद्ध लाग्छ। जनताको आकांक्षा पूरा गर्न लाग्छ। हो ती शक्तिहरू मिलेर जानुपर्छ,' उनले भने।

उनले अहिलेको सरकारले जनताको समस्या समाधान गर्ने बताउँदै सत्ता साझेदार दललाई गरिबीको अन्त्य गर्ने अभियानमा लाग्न आग्रह गरे।

'अहिलेको समीकरण देशमा विकासको अभियान चलाउने र जनताका समस्या समाधान गर्ने हो। सरकारमा हुने दलहरूको प्रमुख कार्य गरिबीको अन्त्य गर्ने हुनुपर्छ। पोलिटिक्सलाई प्रचारबाजीमात्र होइन, उपलब्धि हासिल गर्ने कुरामा पनि केन्द्रित गर्नुपर्छ,' उनले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.