सामूहिक खेतीपातीमा जुट्दै विद्यार्थी

सामूहिक खेतीपातीमा जुट्दै विद्यार्थी
सुन्नुहोस्

जोमसोम : मुस्ताङको थासाङ गाउँपालिका-२ मा अवस्थित जनआदर्श अमरसिंह माध्यमिक विद्यालयमा २०७० सालदेखि कृषि विषयको प्राविधिक कक्षा सुरु भयो। 

विद्यालयमा प्राविधिक विषय सुरु भएपछि पढ्न आउने विद्यार्थीको संख्या बढ्दै गयो। विद्यालयमा सैद्धान्तिक पढाइसँगै सामूहिक खेतीपाती लगायतका काममा सिकाइन्छ। अहिले विद्यार्थीहरू कक्षाकोठामा मात्र नभई खेतबारीतिर बढी भेटिन्छन्। 

विद्यालयको कृषि प्राविधिक शिक्षक/शिक्षिकाहरूको निर्देशनमा उनीहरूले विभिन्न फलफूल तथा तरकारी र अन्य खाद्यवाली लगाउने, हाते मिनि पावर ट्रेलरबाट खेत जोत्ने र विद्यालयको स्वामित्वमा रहेको खेतबारी गोडमेल गरिरहेका हुन्छन्।  

विभिन्न बालीहरू नमुना परीक्षणका लागि विद्यालय हाता भित्रै कृषि ल्याब परीक्षणको सिकाइ पनि हुने गरेको छ। विद्यालयमा पढ्दै गरेका विद्यार्थीलाई फिल्डमै लगेर कृषि तालिम दिने गरिएको छ। विद्यालयमा कापी कलम र किताब लिएर कृषि शिक्षा पढ्न आएका जनआदर्शका विद्यार्थीहरूमा व्यवहारिक शिक्षाको अभ्यासका लागि हात हातमा कुटो, कोदालो, डोको नाम्लो र कृषि यान्त्रिक उपकरणले खेत खनजोत, गोडमेल र मल ओसार्ने काम गरिरहेका हुन्छन्। 

नेपाल कृषि प्रधान देश भएकाले कृषि क्षेत्रलाई बलियो बनाउन कृषि शिक्षा पढेर कृषि उद्यमी बन्ने धोको रहेको विद्यार्थी सचिन बिकले बताए। कृषि प्राविधिकहरू नहुँदा यहाँका किसानलाई भरपर्दो रुपमा कृषि व्यवसाय सञ्चालन गर्न समेत समस्या पर्ने गरेको छ। विद्यालयका कक्षा ८ देखि कक्षा १२ सम्म कृषि धारतर्फ पढाउने ८ जना शिक्षिक/शिक्षिका कार्यरत छन्।

विद्यालयका कृषि प्राविधिकधारतर्फका कोअर्डिनेटर शिक्षक प्रकाश भारतीले यसअघि कक्षा १० पछि कृषिधारतर्फका विद्यार्थीलाई कक्षा ११ मा ३ महिना र कक्षा १२ मा ६ महिनामा कृषि अभ्यासका लागि फिल्ड प्रशिक्षण दिने गरेको बताए। तर गत वर्षदेखि कक्षा ११ मा ३ सय घण्टा र कक्षा १२ मा ६ सय घण्टा नियमित फिल्ड सिकाई अभ्यास हुने गरेको उनको भनाइ छ। 

उनले यहाँ पढाइ सकेर नयाँ कुरा सिक्न चाहने विद्यार्थीलाई अन्य कृषि फार्ममा विद्यालयले सिफारिस गर्ने गरेको बताए। कृषि धारतर्फको जनआदर्श माध्यमिक विद्यालयले ६२ जनाभन्दा बढी विद्यार्थीलाई आवासीय सुविधा दिँदै आइरहेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.