एसिया सबैभन्दा बढी जलवायु प्रभावित
जेनेभा : सन् २०२३ मा जलवायु र मौसमी प्रकोपबाट एसिया विश्वको सबैभन्दा धेरै प्रभावित क्षेत्र बनेको छ। संयुक्त राष्ट्रसंघका अनुसार एसियामा बाढी र आँधी मानवीय र आर्थिक क्षतिको प्रमुख कारण बन्यो।
गत वर्ष विश्वव्यापी तापक्रम कीर्तिमानी उचाइमा पुगेको छ। राष्ट्रसंघको मौसम तथा जलवायु एजेन्सीले एसियामा विशेष रूपमा तीव्र गतिमा तापक्रम बढिरहेको बताएको छ।
विश्व मौसम विज्ञान संगठन (डब्ल्यूएमओ) ले एसियामा गर्मीको लहरको प्रभाव अझ गम्भीर हुँदै र पग्लिँदै गरेको हिमनदीबाट भविष्यको जल सुरक्षामा खतरा उत्पन्न भएको बताएको छ। गत वर्षको तापक्रम सन् १९६१ देखि सन् १९९० को औसतभन्दा करिब दुई प्रतिशतले बढी रहेको भन्दै डब्ल्यूएमओले एसियामा विश्वव्यापी औसतको तुलनामा तीव्र रूपमा तापक्रम बढिरहेको जनाएको छ। - (रासस/एएफपी)