देश सधैं गठबन्धनले चल्दैन : ओली
![देश सधैं गठबन्धनले चल्दैन : ओली](https://annapurnapost.prixacdn.net/media/albums/kpolii1_sE6BGKSTnp_BFHIVC3tnG.jpg)
चुलाचुली : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देश सधैं गठबन्धनले नचल्ने बताएका छन्। बुधबार इलामको चुलाचुलीमा आयोजित एमालेको चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, 'यो देश बनाउन मिसन ०८४ भनेका छौं। निर्णायक शक्ति बनाउन सधैं समीकरण र गठबन्धनले हुँदैन। देश बनाउन एमाले निर्णायक तहमा पुग्नुपर्छ।'
उनले ठेक्का लिएर बाटो बनाउन नसक्नेले देश पनि बनाउन नसक्ने बताए। कानुन जानेको सुहाङ नेम्वाङलाई कानुन बनाउने ठाउँमा पुर्याउनपर्ने उनको जिकिर छ।
वैशाख १५ गते हुने उपनिर्वाचनमा एमालेबाट उम्मेदवार बनेका नेम्वाङले इन्द्रेणीजस्तो बहुजातीय, बहुसांस्कृतिक मुलुकमा सबैले सबैको सम्मान गर्नुपर्ने बताए। उनले स्वर्गीय पिता सुवास नेम्वाङले देशको शिर झुक्ने कुनै काम नगरेको सम्झिँदै आफू पनि त्यही मार्गमा हिंड्ने बताए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)