मौन अवधि सुरू हुनुअघि सुहाङले पितालाई स्मरण गर्दै भने- तपाईँको शिर झुकाउनेछैन

मौन अवधि सुरू हुनुअघि सुहाङले पितालाई स्मरण गर्दै भने- तपाईँको शिर झुकाउनेछैन
सुन्नुहोस्

चुलाचुली (इलाम) : नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदाताहरूलाई उनीहरूको शिर सधैं उच्च हुने काममात्रै गर्ने बताउँदै थिए। पिता सुवासचन्द्र नेम्वाङको निधनपछि इलाम-२ मा वैशाख १५ मा हुने उपनिर्वाचनका लागि उनी चुनावी मैदानमा उत्रिएका हुन्। 

मौन अवधि सुरु हुनुअघि बुधबार चुलाचुलीमा आयोजना गरेको चुनावी सभामा पनि उनले जनताको चाहना पूरा गर्ने प्रतिवद्धता जनाए। हृदयघातका कारण गएको २०८० भदौ २६ गते पिताको निधनपछि सुहाङ राजनीतिमा उदाएका छन्। उनी आउँदा वर्षौं काम गरेका कार्यकर्ताहरूको मन कटक्क भए पनि उनको दुःखमा मलमपट्टी भएर सहयोग गरे। अन्तिम कार्यक्रममा सुहाङ भावुक बने। पितालाई स्मरण गर्दै भने, ‘पिताका सपना पूरा गर्न यहाँ उभिएको छु।’ 

उनले भने, 'बुबाले इलामे जनताको शिर झुकाउनेगरी कहिल्यै काम गर्नुभएन। उहाँले इलाम र इलामबासीको शिर सधैं उचो बनाउनुभयो।'

आफू निर्वाचनका दौरान ४२ वटै वडामा पुग्दा नागरिकको अपेक्षा बुझेको उनले सुनाए। उनले देश सप्तरंगी इन्द्रेणीजस्तै भएकाले सबैको अधिकार र सम्मानको रक्षा गर्ने काममा लाग्ने प्रतिवद्धता जनाए। नेम्वाङले चुनावी अभियानको क्रममा सुशासन, कृषि, पर्यटन, स्वास्थ्य, सडक, शिक्षा, उद्योग, खेलकुद, खानेपानी, सूचना/सञ्चारलगायत विषयका एजेण्डा बनाएका छन्। उनी यसैमा केन्द्रित भएर मतदातासँग कुरा गरिरहेका छन्।

उनले ‘इलामेलीको इलम : सहरका हरेक डिपार्टमेन्टल स्टोरमा मेड इन इलाम, खेलकुदतर्फ ‘एक वडा एक खेलकुद मैदान, एक स्थानीय तह एक रंगशाला : खेलाडीको संरक्षण हाम्रो अभिभारा’लगायतका नारा अघि सारेका छन्। उनी भन्छन्, ‘नागरिकको अवस्था र गुनासो बुझेको छु, त्यसलाई सम्बोधन गर्न लाग्ने छु।’ 

नेम्वाङलाई नेकपा (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी र नेपाल परिवार दलले समेत समर्थन गरेका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.