सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार?
![सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार?](https://annapurnapost.prixacdn.net/media/albums/gold_5kwfkIsnMC_i3DJKFgujZ.jpg)
काठमाडौं : नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। आज सुन २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
अघिल्लो कारोबार दिन बुधबार प्रतितोला सुन १ लाख ३६ हजार रुपैयाँमा कारोबार भएको थियो। आज तेजावी सुन प्रतितोला १ लाख ३५ हजार १५० रुपैयाँ कायम भएको छ।
यसैगरी सुनको मूल्य घटेसँगै चाँदी पनि घटेको छ। चाँदी प्रतितोला १ हजार ६५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार चाँदी १ हजार ६७० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)