सरकारले निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्छ : माधव नेपाल
काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रलाई विश्वासमा लिएर सरकार अघि बढ्नुपर्ने बताएका छन्।
बिहीबार काठमाडौंमा राष्ट्रिय विकास परिषद्को बैठकमा बोल्दै उनले निजी क्षेत्रलाई प्रोत्साहित गर्ने नीतिका साथ सरकार अघि बढ्नुपर्नेमा जोड दिए।
उनले कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने सम्भावना रहेको उल्लेख गर्दै १६औं योजनामा कृषिलाई प्राथमिकतामा राख्नुपर्ने बताए। वनजन्य तथा खनिजजन्य उद्योग स्थापना गर्नुपर्ने भन्दै यसका लागि नीतिगत त्रुटि हटाउनुपर्ने उनले बताए। उ
नले जलविद्युत् र पर्यटन क्षेत्रले विकासबाट मुलुकमा महत्वपूर्ण टेवा मिल्ने भन्दै उक्त क्षेत्रमा सरकारले पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने बताए।