बालबालिकालाई फकाएर मुन्द्रा चोरी, किनबेचमा संलग्न २ जना पक्राउ
काभ्रे : बनेपा नगरपालिकाभित्र विभिन्न स्थानबाट बालबालिकालाई फकाएर मुन्द्रा चोरी गरेर किनबेच गर्ने २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा थानचोक गाउँपालिका-४ का २१ वर्षीय सुनिल नगरकोटी र सुन पसल सञ्चालक बनेपा नगरपालिका-७ का ५७ वर्षीय कुसुम शाक्य रहेका छन्।
शाक्यले बनेपा-७ मा न्यू सुनचाँदी ज्वलर्स पसल सञ्चालन गरेको र र चोरी गरिएको सुन किन्ने गरेको खुलेको डीएसपी लालध्वज सुवेदीले जानकारी दिए। पक्राउ परेका दुवै जनालाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।