उपनिर्वाचन

एमालेका उम्मेदवार नेम्वाङ र कांग्रेसका खड्काले गरे मतदान

एमालेका उम्मेदवार नेम्वाङ र कांग्रेसका खड्काले गरे मतदान
तस्बिर : तोयानाथ भट्टराई

इलाम : उपनिर्वाचनका लागि इलाममा प्रतिनिधिसभा-२ मा मतदान सुरु भएको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान आज बेलुका ५ बजेसम्म सञ्चालन हुने मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए।null

उनका अनुसार इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ र नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले मतदान गरेका छन्। मतदानपश्चात उनीहरुले निधक्क भएर भोट हाल्न आग्रह गरेका छन्।null

एमालेका उपाध्यक्ष एवम् संविधान सभा अध्यक्ष सुवास नेम्वाङको निधन भएपछि इलाममा उपनिर्वाचन भएको हो। एमालेले सुवासको छोरा सुहाङलाई उम्मेदवार बनाएको छ भने खड्का पनि यस अगाडि सुवाससँगको प्रतिस्पर्धामा पराजित भएका थिए। 

४२ वडा रहेको इलाम क्षेत्र नम्बर -२ मा १ लाख १५ हजार ८ सय ७९ मतदाता छन् । यी मतदातामध्ये ४२२ जना नयाँ मतदाता थपिएका हुन् । निर्वाचनका लागि ७९ मतदानस्थल तोकिएका छन्। यी मतदान स्थलमा १४९ मतदान केन्द्रमा मतदान गराउने तयारी भएको छ । निर्वाचनका लागि ७४५ कर्मचारी निर्वाचनमा खटाइएको छ । घिमिरेका अनुसार निर्वाचन सम्पन्न गरेको दुई दिनभित्र मत परिणाम घोषणा गर्ने तयारी गरिएको छ । 
nullnullnull


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.