भगवान् राम
तपस्या थियो भगवान् रामलाई
लडाइँ चल्यो नि कयौं र वर्ष
जित भयो आज नि जनताको माझ
गाउँ–गाउँमा कीर्तन मेरा बाबा गाउँ–गाउँमा कीर्तन।
कसरी सक्थ्यो नि संसारले आज
सियाराम बिर्सन मेरा बाबा सियाराम बिर्सन।
पवित्र भावले उर्लियो सागर
घरघरमा दीप बल्यो मेरा बाबा घरघरमा दीप बल्यो।
जगत् साराले स्वागत गर्दै
अयोध्या झल्मल मेरा बाबा अयोध्या झल्मल।
जय जयकार मनाउँदै जगत् आज
घुमेर फनन मेरा बाबा घुमेर फनन।
शंख र घण्ट नि मृदंग बज्यो
ढोल बज्यो घनन मेरा बाबा ढोल बज्यो घनन।