काठमाडौं : वेस्ट इन्डिजको ‘ए’ विरुद्ध नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिले फिल्डिङ रोजेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा पाँच खेलको टी २० सिरिज अन्तर्गत पहिलो खेलमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङ रोजेका हुन्।
नेपालले पाहुना टिमलाई ब्याटिङको निम्तो दिएको हो। आइसिसी टि–ट्वान्टी विश्वकप २०२४ को तयारी स्वरुप नेपालले वेस्ट इन्डिजको ‘ए’ टोलीसँग खेल्न लागेको हो।
नेपाल र वेस्टइन्डिज ‘ए’बीचको दोस्रो खेल यही वैशाख १६ गते, तेस्रो खेल वैशाख १९ गते, चौथो खेल वैशाख २० गते र पाँचौं तथा अन्तिम खेल वैशाख २२ गते हुनेछ। घरेलु मैदानमा पाँच खेल खेलिसकेपछि नेपाली टोली वेस्ट इन्डिज प्रस्थान गर्ने तालिका रहेको क्यानले जनाएको छ।