इलाम-२ को मतगणनास्थल तयार, १० बजेभित्र मतपेटिका ल्याइसकिने

इलाम-२ को मतगणनास्थल तयार, १० बजेभित्र मतपेटिका ल्याइसकिने
सुन्नुहोस्

इलाम : मतदानको समय सकिनै लाग्दा इलाममा मत गणना स्थलको व्यवस्थापन सुरू भएको छ। इलाम निर्वाचन क्षेत्र-२ मतगणना गौतमबुद्धमा गरिने भएको छ। 

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले राति १० बजेसम्ममा मतपेटिका मतगणना स्थलमा ल्याउने लक्ष्यसहित काम भइरहेको जानकारी दिए। 

अहिलेसम्ममा ५१ प्रतिशत मत खसेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय ६० हजार मत खसेको जनाएको छ। निर्वाचन क्षेत्र नं. २ मा १ लाख १५ हजार ८ सय ८७ मतदाता संख्या रहेको छ।

एक सय ४९ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ। ६ पालिकाका ४२ वटा वडामा मतदान भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.