स्वदेशी लगानीकर्ताको सुरक्षाको माग गर्दै पुँजीबजार लगानीकर्ताहरूको प्रदर्शन

स्वदेशी लगानीकर्ताको सुरक्षाको माग गर्दै पुँजीबजार लगानीकर्ताहरूको प्रदर्शन
सुन्नुहोस्

काठमाडौं : स्वदेशी लगानीकर्ताको सुरक्षा गर्नुपर्ने भन्दै पुँजीबजार लगानीकर्ताहरुले शनिबार काठमाडौंमा प्रदर्शन गरेका छन्। 

सरकारले ऐन नियम संशोधन गरेर विदेशी लगानीकर्ता आकर्षित गर्न खोजे पनि स्वदेशी लगानीकर्तालाई गरेको भन्दै पुँजीबजार संघर्ष समितिले प्रदर्शन गरेको हो।

उनीहरुले स्वदेशी लगानीकर्ताको सुरक्षा गर्नुपर्ने, लगानीकर्तालाई विदेश पलायन गराउने कार्य बन्द गर्नुपर्ने, लगानीमैत्री नीति लागू गर्नुपर्ने, पुँजीबजारमाथिको हस्तक्षेप बन्द गर्नुपर्ने माग राखेका छन्। 

प्रदर्शनका क्रममा लगानीकर्ता तिलक कोइरालाले सरकारको गलत नीतिका कारण लगानीकर्ताहरू डुबेको भन्दै सहि नीति लिन माग गरेको बताए। स्वदेशी लगानीकर्ताहरु नै पलायन भइरहेको अवस्थामा लगानी सम्मेलन गरेर विदेशी लगानी भित्र्याउन नसकिने उनले बताए। 

लगानीकर्ताहरुले लगानीको सुरक्षा गर,नसके स्टक मार्केट बन्द गर, स्वदेशी लगानीको संरक्षण गर, विदेशी लगानीको वातावरण तयार गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.