सर्वदलीय बैठक सकियो, इलाम-२ को मतगणना ११ बजेदेखि हुने
इलाम : इलाममा मतगणनाको विषयमा छलफल गर्न बसिएको सर्वदलीय बैठक सकिएको छ। इलाम क्षेत्र नं २ को उपनिर्वाचन अन्तर्गत प्रतिनिधि सभा सदस्य छान्न भएको मतदानको मतगणना आज बिहान ११ बजेदेखि सुरु हुने निर्णय बैठकले गरेको छ।
बैठकको निर्णयअनुसार मतगणना फाकफोकथुमबाट सुरु हुन्छ। त्यसपछि क्रमश: चुलाचुली, माङ्सेबुङ, माई, देउमाई र इलामको गणना गरिने छ। वडा वडाको गणनापछि मात्र परिणाम सार्वजनिक गरिने जनाइएको छ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार इलाम–२ बाट प्रतिनिधि सभा सदस्यका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा छन्। कार्यालयका अनुसार ७९ मतदानस्थलका १४९ मतदान केन्द्रमा मतदान भएको हो। जहाँ ७४५ जना कर्मचारी खटिएका थिए।
प्रतिक्रिया दिनुहोस !
१