राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन्। लगानी सम्मेलनका पूर्वसन्धामा सरकारले ९ वटा ऐन संशोधनका लागि अध्यादेश सिफारिस गरेको थियो।
संविधानको धारा ११४ १ बमोजिम राष्ट्रपति पौडेलले आइतबार अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।