लगानीकर्तालाई हामीले लगानी गर्ने वातावरण निर्माण गरिदिनुपर्छ : मन्त्री चौधरी
काठमाडौं : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले नेपालमा लगानी गर्न चाहने लगानीकर्ताका लागि वातावरण तयार गरिदिनुपर्ने बताएका छन्।
वैदेशिक लगानीकर्तालाई आकर्षित गर्ने उद्देश्यले आयोजना गरिएको ‘नेपाल लगानी सम्मेलन २०२४’ का सन्दर्भमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री चौधरीले लगानी सम्मेलनलाई नै आधार मानेर केही अध्यादेश ल्याएको दाबी गरेकी हुन्।
लगानी गर्नका निम्ति नेपाल सम्भावनायुक्त देश भएको भन्दै मन्त्री चौधरीले कानूनी, भौगोलिक तथा रणनीतिक हिसाबले पनि लगानीका लागि सम्भावना भएको बताइन् । उनले भनिन्, ‘नेपालमा लगानी गर्नका निम्ति प्रशस्तै सम्भावनाहरू रहेका छन् । खासगरी नेपालमा लगानी गर्न चाहने वैदेशिक लगानीकर्ताहरूलाई लगानी गर्न म आह्वान गर्दछु । अन्तर्राष्ट्रिय तथा राष्ट्रिय लगानीकर्ताहरू सबैका लागि यहाँ ठाउँ पनि छ र सम्भावना पनि छ।’
मुलुक अहिले आर्थिक समृद्धिको दिशामा लगानी बढेको भन्दै उनले लगानीका लागि नेपालमा आउन लगानीकर्तालाई आग्रह गरिन्।