बझाङमा एमालेको अग्रता कायमै, कांग्रेस दोस्रो स्थानमा
बझाङ : बझाङ–१ (१) मा भएको प्रदेशसभा उपनिर्वाचनमा एमालेको अग्रता कायमै छ। एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले २ हजार ८८८ मतसहित अग्रता लिइरहेका छन्। नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहको २ हजार २८९ मतसहित उनलाई पछ्याइरहेका छन्।
माओवादीका उम्मेदवार जनकबहादुर बुढाको १ हजार ७८१ मत रहेको छ भने एकीकृत समाजवादीका दिलबहादुर सिंहले ९८७ मत ल्याएका छन्।
छबिसपाथिभेरा गाउँपालिकाको सबै वडाको मतगणना सकेर अहिले थलरा गाउँपालिका एउटा वडा र खप्तड छान्ना गाउँपालिकाको चार वटा वडाको मतगणना सकिएको छ। दोस्रो स्थानमा रहेको माओवादी केन्द्र फेरि तेस्रो स्थानमा झरेको छ।