बझाङमा कडा प्रतिस्पर्धा : झिनो मतले कांग्रेस अगाडि, पछ्याउँदै एमाले
बझाङ : बझाङमा भएको प्रदेश सभाको बझाङ–१ (क) उपनिर्वाचनको मतगणना जारी छ। छबिसपाथिभेरा,सुर्मा,खप्तडछान्ना,मस्टा,थलार -९ र जयपृथ्वी नगरपालिकाको मतगणना सम्पन्न हुँदा८३ मतान्तरले मात्र कांग्रेसले अग्रता कायम गरेको छ।
बझाङमा ३ पालिका र एक वडासम्म अग्रता कायम राखेको नेकपा एमालेलाई नेपाली कांग्रेसले पछाडि पारेको छ।
पछिल्लो गणना अनुसार बझाङमा नेपाली कांग्रेसले ९ हजार १६६, नेकपा एमालेले ९ हजार ८४, नेकपा माओवादी केन्द्रले ३ हजार ५३६, नेकपा एकीकृत समाजवादीले २ हजार २३५ मत पाउन सफल छन्।
हालसम्म २४ हजार ४५८ मत गणना सदर भएको छ। यहाँ ३० हजार ३२८ मत खसेको थियो।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार साइपाल र तल्कोट गाउँपालिका मत गणना हुन बाँकी रहेको छ।