वालिङमा २० वर्षीय युवकको हत्या
स्याङ्जा : धारिलो हतियार (चक्कु) प्रहारबाट २० वर्षीय युवकको मृत्यु भएको छ। आइतबार गएराती आइतबार करिब १० बजे ३५ वर्षीय निमबहादुर घर्तीमगरले चक्कु प्रहार गरेपछि घाइते भएका आयुष चौधरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दाङ जिल्लामा घर भई हाल वालिङ नगरपालिका-१३ बायाँटारीस्थित एक घरमा डेरागरी बस्ने आयुष चौधरीको चक्कु प्रहारबाट मृत्यु भएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए। प्रहार गर्ने घर्तिमगर र मृतक चौधरी दुबै जना दाङ जिल्ला राप्ती गाउँपालिका- ३ का बासिन्दा रहेको बताइएको छ।
चक्कु प्रहारबाट घाइते भएका आयुषलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा पुर्याइएको थियो। चालक घर्तिमगर प्रहरी नियन्त्रणमा छन्। दुबै जना एउटै ट्याक्टरका चालक र सहचालक भएको प्रहरी भनाई छ।