किराँत धर्म गुरूको वडामा थेगिमको पक्षमा मतको वर्षा
इलाम : किरात धर्मगुरु आत्मनन्द लिङदेन र गुरूआमा पवित्रहाङमाको वडामा पहिचानको नारासहित चुनावी मैदानमा उत्रिएका मुढा चिन्हका स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमको पक्षमा मतको वर्षा भएको छ ।
धर्म गुरू र गुरूआमाको मतदान केन्द्र वडा नम्बर ५ बाट ८८ प्रतिशत मत खसेको छ । वडा नम्बर ५ मा भने मुढाले १०३२ मत प्राप्त गर्यो । यहाँ एमालेले ६९ र कांग्रेसलाई ४९ मत गएको छ ।
अन्य वडामा भने मुढाको उपस्थिति कमजोर देखिएको छ । गाउँपालिकामा मुडा चिह्नमा थेगिमले २ हजार ६३९ मत पाए ।
वडा नम्बर १ मा कांग्रेस अघि छ । यहाँ थेगिमले ३७२ मतमात्र प्राप्त गरे । कांग्रेसले ४३६ र एमालेले ४११ मत प्राप्त गरेको छ । वडा नम्बर २ मा थेगिम तेस्रो स्थानमा रहे । उनले ३१७ मत प्राप्त गरे । यहाँ पहिलो दल एमाले उमेदवार सुहाङ नेम्वाङले ५८६ मत प्राप्त गर्दा कांग्रेसको उमेदवार डम्बर खड्काले ३५१ मत पाए ।
गाउँपालिकामा ६ वडा रहेको छ । वडा नम्बर ३ मा सुहाङले ५१९, खड्काले ३१३ तथा थेगिमले ६४० मत पाए । वडा नम्बर ४ मा एमाले ४१६, कांग्रेस ११८ तथा मुडाले १६२ मत प्राप्त गर्यो ।
वडा नम्बर ६ मा भने अवस्था उल्टियो । थेगिमले ११६ मत प्राप्त गर्दा सुहाङले ५९० तथा खड्काले २१३ मत प्राप्त गरे । माङ्सेवुङमा रास्वपा उमेदवार मिलन लिम्बुले २४३ मत प्राप्त गरे ।
त्यसपालिकामा १२ हजार ५३६ मतदाता रहेका छन् । निर्वाचन आयोगको अनुसार यहाँ ७ हजार २०५ मत खसेको थियो ।