श्रीलंकामा जन्मदर घट्यो, मृत्युदरमा वृद्धि
काठमाडौं : श्रीलंकाको जन्मदरमा ब्यापक गिरावट आएको छ। सन् २०२० देखि श्रीलंकाको जन्मदर निरन्तर घटिरहेको एजेन्सीहरूले उल्लेख गरेका छन्।
वरिष्ठ डेपुटी रजिस्ट्रार जनरल, महान्यायाधिवक्ता लक्षिका गणपोलाले सन् २०२० अघि वार्षिक जन्मदर तीन लाख २५ हजार रहे पनि हालः सन् २०२३ मा घटेर दुई लाख ८० हजार पुगेको बताए।
उनले वार्षिक मृत्यु बढेर एक लाख ८० हजार पुगेको बताए। सन् २०२० अघि यो संख्या एक लाख ४० हजार थियो। यो प्रवृत्तिले श्रीलंकाको जनसंख्या वृद्धिमा प्रतिकूल असर पार्ने उनको भनाइ छ।