तेस्रो लगानी सम्मेलन : उद्योग विभागबाट ९ अर्ब १३ करोड विदेशी लगानी स्वीकृत
काठमाडौं : तेस्रो लगानी सम्मेलनमा उद्योग विभागबाट ९ अर्ब १३ करोड बराबरको विदेशी लगानी स्वीकृत भएको छ। काठमाडौंमा जारी सम्मेलनमा उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सोमबार तीनजना लगानीकर्तालाई स्वीकृतिको पत्र हस्तान्तरण गरेका हुन्।
भक्तपुरमा लगानी कम्पनी स्थापनाका लागि ६ अर्ब, काठमाडौंमा व्यवसायिक भवन निर्माणका लागि ३ अर्ब, संयुक्त अधिराज्यको एकेलस इनर्जी लिमिटेडको ८५ प्रतिशत र कैलालीको मोहन्याल गाउँपालिकाको १५ प्रतिशत लगानीमा दुई सय किलोवाट क्षमताको जलविद्युत् आयोजना निर्माणका लागि ७ करोड ६६ लाख र ललितपुरमा होटल तथा रेस्टुरेन्ट निर्माणका लागि ६ करोड २५ लाख बराबर लगानी स्वीकृत भएको छ ।
यसैगरी विभागले स्वचालित मार्ग (अटोमेटिक रुट) मार्फत विदेशी लगानी स्वीकृति हुने प्रणालीको उद्घाटन गरेको छ ।