काभ्रेबाट गाईको मासुसहित तीनजना पक्राउ
काभ्रे : जिल्लाको धुलिखेल नगरपालिका १२ ठूलीचौरस्थित ठुलीचौर जंगलमा गौ हत्या गरी बोरामा मासु ल्याउँदै गरेका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।
गाईको हत्या गरी नमोबुद्ध ११ तर्फ जाँदै गरेको भन्ने सूचनाको आधारमा प्रहरी जिल्ला प्रहरी कार्यालयको टोलीले बोरामा पोको पारी राखेको मासुसहित उनीहरूलाई नियन्त्रणमा लिएको डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।
पक्राउ पर्नेमा नमोबुद्ध नगरपालिका वडा न ११ जिमिरेका ५६वर्षीय ईन्द्र बहादुर तामाङ, चिल्लेका ३५ वर्षीया शान्ता लामा र झापा घर भइ हाल काभ्रे डाँडा कटेरी माइती घर बस्दै आएकी ३६ वर्षीया ठुलीमाया तामाङ लाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको डीएसपी श्रेष्ठले बताए ।
प्रतिक्रिया दिनुहोस !
१