आगलागीबाट काभ्रेको रोशीमा विद्यालयसहित १५ घर जले

आगलागीबाट काभ्रेको रोशीमा विद्यालयसहित १५ घर जले
सुन्नुहोस्

काभ्रे : जिल्लाको रोशी गाउँपालिका-४ महादेवटारमा आगलागीबाट एक विद्यालय सहित स्थानीयको १५ घर जलेको छ। 

जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठका अनुसार सानोकोटा गाउँमा रहेको सामुदायिक बनमा लागेको आगो बस्तीमा पुगेर विद्यालयसहित घरहरूमा क्षति पुगेको बताए। 

आगलागीबाट रंगिन नेपाल प्राथमिक विद्यालय समेत पूर्ण रुपमा जलेर ध्वस्त भएको स्थानीय भगवान लामाले जानकारी दिए। 

आगो  स्थानीय, प्रहरी, नेपाली सेनाको टोलीले नियन्त्रणमा लिएको रोशी गाउँपालिका उपाध्यक्ष मिम बहादुर वाइबाले जानकारी दिए। आगो दिउँसो लागेको कारण मानवीय, चौपया क्षति नभए पनि आगलागीबाट भएको भौतिक क्षति के कति भयो भन्ने विवरण प्राप्त नभएको उपाध्यक्ष वाइबाले बताए। 

सामुदायिक वनबाट फैलिएको आगलागीले बस्तीमा क्षति पुगेको उक्त स्थानमा सबैमा सहयोगका लागि स्थानीयहरूले अनुरोध गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.