निगौल गाई गौशालाका श्रमिकहरू महिनौंदेखि बिना तलबमा काम गर्दै

निगौल गाई गौशालाका श्रमिकहरू महिनौंदेखि बिना तलबमा काम गर्दै
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

गौशाला (महोत्तरी) :‘मर्यादित काम, श्रमिकको सम्मान,हाम्रो अभियान’ भन्ने नाराकासाथ एक सय ३५ औँ विश्व मजदुर दिवस विश्वभरिमा मनाइरहेका बेला महोत्तरी गौशालाका मजदुरहरू महिनौदेखि तलब बिना काम गर्न बाध्य छन्।

गौशाला नगरपालिका - ३ मा अवस्थित निगौल गाई गौशालामा कार्यरत १६ जना कर्मचारीहरू पुस महिनादेखि तलब पाएका छैनन्। राष्ट्रिय सहकारी वोर्डमार्फत सञ्‍चालित निगौल गाई गौशालाको कार्यालयमा काम गर्ने मजदुरदेखि कर्मचारीहरू तलब नपाइ पनि दिनहुँ गाईको सेवामा तत्लिन रहेको पाइएको छ ।

राष्ट्रिय सहकारी वोर्डले समयमा तलब नपठाउँदा कर्मचारीहरू तलब पाउन नसकेको निमित कार्यालय प्रमुख वीरबहादुर चौधरीले स्वीकारेका छन् । आफुले वोर्डमा बारम्बार तलब खुवाउनका लागि सम्बन्धित निकायमा जानकारी गराउँदा समेत कुनै सुनवाइ नभएपछि यस्तो अवस्थाको सिर्जना भएको चौधरीको भनाइ रहेको छ । 

बोर्डले उल्टै बाँकी बक्यौता उठाएर तलब खुवाउन निर्देशन दिएको तर यहाँ ती पैंसाहरू उठाउन नसकेकोले तलव खुवाउन नसकेको चौधरीले बताए । प्रतिमहिना ३ लाख ४३ हजार ३८८ रुपैयाँका दरले कामदार कर्मचारीहरूको तलब शीर्षकमा रकम भुक्तानी भइरहेको कार्यालय स्रोतले जनाएको छ । 

अहिले पुसयता कर्मचारीहरूलाई तिर्नुपर्ने रकम १३ लाख ७३ हजार ५५२ रुपैयाँ रहेको कार्यालयका लेखापाल रोहित कर्णले जानकारी दिएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.