वेस्टइन्डिज 'ए'विरुद्ध नेपाललाई पहिलो सफलता, ऐरीले लिए विकेट
काठमाडौं : ५ टी- २० श्रृंखलाअन्तरगतको तेस्रो खेलमा वेस्ट इन्डिज 'ए' विरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ। नेपालका करणसिंह ऐरीले वेस्टइन्डिजका अलिक अथानजेलाई आउट गराएका हुन्।
उनी १० बलमा १७ रन जोडेर आउट भए।
नेपालले टस हारेर पहिला फिल्डिङ गरिरहेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्टइन्डिज ए का कप्तान रोस्टन चेशले टल जितेर ब्याटिङ रोजेका हुन्।