वेस्ट इन्डिज 'ए' विरुद्ध नेपालले पहिला बलिङ गर्ने
काठमाडौं : टी-२० श्रृंखलाको चौथो खेलमा वेस्ट इन्डिज 'ए' विरुद्ध नेपालले पहिला बलिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिजका कप्तान रोस्टन चेजले टस जितेर नेपाललाई बलिङको निम्तो दिएका हुन्। खेल दिउँसो १२ : १५ मा सुरू हुनेछ।
यसअघि सम्पन्न तीनवटा खेलमा नेपालले एउटा र वेस्ट इन्डिजले दुईवटा खेलमा विजयी भएको छ। पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भए पनि त्यसपछिका खेलमा नेपाल १० रन र ७६ रनले पराजित भएको हो।
सिरिज जित्ने सम्भावना कायमै राख्न नेपालले आजको खेल जित्नुपर्ने दबाब छ। नेपालले अर्को महिना हुने आईसीसी टी-२० विश्वकप खेल्ने अन्तिम १५ सदस्य टोली घोषणासमेत गरिसकेको छ।
नेपाल : रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, कुशल मल्ल, सन्दीप जोरा, प्रतिश जिसी, सोमपाल कामी, ललित राजवंशी र अभिनाश बोहोरा ।