वैशाख २८ गते बजेट अधिवेशन बोलाउने सरकारको निर्णय
काठमाडौं : सरकारले वैशाख २८ गते बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बजेट अधिवेशनका निम्ति सरकारले राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गर्ने निर्णय भएको बताइन्।
उनका अनुसार वैशाख २८ गते दिउँसो २ बजे संघीय दुवै सदनको बैठक आह्वान गरिएको छ।