मिथ्या अडियो बनाउने तिमिल्सिनालाई पनि बयानमा झिकायो सर्वोच्चले

मिथ्या अडियो बनाउने तिमिल्सिनालाई पनि बयानमा झिकायो सर्वोच्चले
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : सर्वोच्च अदालतले सिधाकुरा डटकमबाट प्रसारित अडियो सामग्री उपलब्ध गराउने राजकुमार तिमिल्सिनालाई पनि बयानका लागि झिकाउने आदेश दिएको छ।

न्यायाधीशद्वय हरिप्रसाद फुयाल र महेश शर्मा पौडेलको संयुक्त इजलासले बिहीबार ललितपुर गोदावरी बस्ने तिमिल्सिनालाई वैशाख २३ गते अदालतमा उपस्थित गराउन आदेश दिएको हो।

‘बयानका क्रममा प्रकाशक युवराज कँडेलले प्रसारित अडियो सामग्रीको स्रोत ललितपुर गोदावरी बस्ने राजकुमार तिमिल्सिना भनी खुलाएको देखिएको (फोन नं. ९७६०८२१३३३ इमेल ([email protected]) र डार्क फाइल २ र ३ मा निजले अन्तर्वार्ता दिएको भन्ने देखिएको हुँदा निजलाई समेत उल्लिखित अडियो भिडियो सम्बन्धमा अदालतको अपहेलनामा किन कारबाही र सजाय गर्नु नपर्ने हो ? त्यसरी कारबाही गर्नु नपर्ने आधार र कारण भए आफूसँग भएका सबुद प्रमाणसहित बयानका लागि यस अदालतमा उपस्थित हुनु भनी फोन र इमेलबाट जानकारी लिई त्यसको अभिलेख राख्नू,’ आदेशमा भनिएको छ।

सर्वोच्चमा बिहीबार सिधाकुरा डटकमका प्रकाशक कँडेलको बयान सकिएको छ। कार्यकारी सम्पादक नवीन ढुंगानाको बयान बाँकी रहेको भन्दै अदालतले शुक्रबार १० बजे उपस्थित हुन आदेश दिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.