ठगी गर्ने एउटै व्यक्तिको तीन नाम

विदेश पठाउने भन्दै  ४२२ जनालाई ठगेर उनले ३ करोड बढी उठाएका

ठगी गर्ने एउटै व्यक्तिको तीन नाम
सांकेतिक तस्बिर।

काठमाडौं : ‘तपाई वैदेशिक रोजगारको लागि युरोपियन देश जान खोज्दै हुनुहुन्छ ? न्युजिल्याण्ड जाने हो भने १६ लाख लाग्छ, क्रोएसिया र मकाउ जाने हो भने १२ लाख लाग्छ, साउदी अरव गएर चित्त बुझाउनुहुन्छ भने २ लाख ५० हजारमै काम हुन्छ ।’ 

धुनिवेशी ४ धादिङका ३१ वर्षीय रमेश बयलकोटीले विदेश जान भन्दै उनको कार्यालयमा आउने युवाहरुलाई देश अनुसारको रेट सुनाउथे । उनले छिटो पैसा बुझाए एक महिनामै युरोप उड्न सकिने र छिटै उताको कार्ड बन्ने भन्दै प्रलोभन दिन्थे । युरोप गएर मासिक ५ लाखसम्म कमाउन सकिन्छ भन्दै आश्वासन बाड्थे । विदेशमा गएर लाखौं कमाएर परिवारलाई सुखसँग पाल्ने सपना देखेका ४२२ जनालाई ठगेर ३ उनले करोड बढी उठाएका छन् । 

तिनै रमेश बयलकोटीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीका अनुसार बयलकोटीले युवाहरुलाई ठगी गर्नकै लागि आफ्नो नामसमेत फेर्ने गरेका थिए । 'तीन वटा नाम बताएर कारोबार गर्ने गरेको प्रमाण प्रहरीले फेला पारेको छ । उनले आफूलाई जिवा गौतम हुँ भन्दै सोही नामबाट महाराजगन्जमा भिसा प्लस प्राइभेट 

लिमिटेड कन्सल्टेन्सी खोलेका थिए', प्रवक्ता रेग्मीले भने।

कम्पनिको कार्यालय र उनको कोठाबाट प्रहरीले ८४ वटा पासपोर्ट बरामद गरेको छ ।  १८२ जनाको रेर्कड फाइल पनि प्रहरीले फेला पारेको छ । उक्त रेर्कड फाइलमा उक्त व्यक्ति कुन देश जाने र कति पैसा लाग्नेसमेत छुट्टाइएको छ । 

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईका अनुसार बयलकोटीले ३ वर्ष अगाडि समृद्धि प्रालीमा काम गर्दा संजीव रायमाझी भनेर बताउने गरेको खुल्न आएको छ । भट्टराई भन्छन्, ‘बयलकोटीले फेसबूक, ह्वाट्सएप, टिकटकलगायत सामाजिक सञ्जालमार्फत साथी बनाएर सोझासाझालाई झुक्यानमा ठगी गर्ने गर्थे । उनको धन्दा र्नै झुक्काएर पैसा उठाउने थियो ।' प्रहरीका अनुसार उनले नक्कली कागजात बनाएर पीडितहरुलाई झुक्कानमा पार्ने रहेछन् । 

न्युजिल्यान्ड, बुल्गेरिया, रोमानिया र क्रोएसिया, सर्विया, साउदी अरव, टर्की, मकाउ लगायतका देशमा जाने भन्दै उनले पीडितकै नाममा बैंक खाता खोल्ने गरेका थिए । कन्सल्टेन्सीमा आएको कागजात प्रयोग गरेर ठगी गर्नकै लागि विभिन्न ठाउँमा भिसा प्लस प्राइभेट लिमिटेडको कार्यालय खोल्ने गरेका थिए । कीर्तिपुरमा बस्दै आएका बयलकोटीले कीर्तिपुरमै ललितजंग बमको नाममा कन्सल्टेन्सी दर्ता गरी सञ्चालन गर्दै आएका थिए । उनले कृषि फार्ममै काम गर्न आएका लक्षिन्द्रबहादुर शाहीको बैंकमा खाता खोल्न लगाएका थिए । शाहीकै नाममा चेक काट्न लगाउँथे । 

प्रहरीका अनुसार यसरी ठगी गर्ने अन्य गिरोह भारतमा बसी काम गर्ने गरेका छन् । बयलकोटीको ठगी धन्दामा सघाउने कालीकोट छाप्रेको दर्शन नेपाली पनि पक्राउ परेका छन् । प्रहरीले उनी बस्ने जडिबुटीको कोठाबाटसमेत पीडितको पासपोर्ट फेला पारेको छ । ठगी धन्दाका खेलाडी रमेश बयलकोटीले विदेश जान आउने युवाहरुलाई सुरुमा प्रोसेस चार्ज भन्दै ५० हजार लिने गरेका थिए । 

नक्कली अफर लेटर देखाएर थप १ लाख ५० हजार र वर्क परमिट आएपछि २ लाख लाग्छ भन्दै ठगी गर्ने गरेका थिए । उनीहरु दुबै जनाविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.