२५ करोडमा प्यूठानमा ८ पक्कीपुल

२५ करोडमा प्यूठानमा ८ पक्कीपुल
दाखाक्वाडी–बर्जिवाङ–भिंगृ सडक खण्डको दंगाल खोलामा निर्माण भएको पक्की पुल । तस्बिर : केशरराज क्षेत्री
सुन्नुहोस्

बुटवल : प्यूठानका विभिन्न खोलाहरूमा ८ वटा मोटरेबल पक्की पुल निर्माण भएका छन् । सडक पूर्वाधार विकास कार्यालय प्यूठानले कार्यालय स्थापना भएपछिको अवधिमा हालसम्म उक्त पुलहरू निर्माण गरेको हो । सबै पुल सम्पन्न भइसकेका छन् । योजना सम्पन्न गर्नका लागि कूल २५ करोड ४३ लाख रुपैयाँ बजेट खर्च भएको कार्यालयका प्रमुख बरिष्ठ इन्जिनियर चन्द्र शाहले जानकारी दिए । 

गौमुखी गाउँपालिकाको ठूलाबेसी–पूँजा सडक खण्डअन्तर्गत झिमरुक खोला (मसानघाट) मा ५ करोड ६६ लाख रुपैयाँमा ७० मिटरको पक्की पुल निर्माण गरिएको छ । ऐरावतीस्थित चेरनेटा–पुरनठाँटी–जोगीटारी सडकको हरियाखोलामा दुई करोड ५५ लाख रुपैयाँ लगानीमा २५ मिटरको पुल निर्माण भएको कार्यालय प्रमुख शाहले बताए । 

कुमालटार–कोन्द्राचौर–आँपचौर–कोचिवाङ–स्वर्गद्धारी सडकको कुसुण्डे खेलामा एक करोड ७१ लाख,चेरनेटा–सालघारी–सोत्रेसारी–डाँडागाउँस्थित दाखाखोला (भालुखोला) मा एक करोड ९९ लाख, दाखाक्वाडी–बर्जिवाङ–भिंगृ सडक खण्ड अन्तर्गत चितिखोलामा एक रोड ५४ लाख रुपैयाँ लगानीमा पुल निर्माण गरिएको छ । चितिखोलाको पुल निर्माणको अन्तिम चरणमा रहेको शाहले जानकारी गराए । 

त्यस्तै,झिमरुक गाउँपालिकास्थित ढाँडा–गोब्दी–टिमुरचौर–दिहाल्ना सडक खण्डको गोब्दी खोलामा चार करोड ७९ लाख लगानीमा पुल निर्माण पुरा भएपनि मन्त्रालयले बजेट नपठाउँदा निर्माण व्यवसायीलाई भूक्तानी दिन नसकिएको कार्यालयले जनाएको छ । 

दाखाक्वाडी–बर्जिवाङ–भिंगृ सडक खण्डको दँगाल खोलामा तीन करोड ६५ लाख र झिमरुक गाउँपालिकाको झिमरुक खोलास्थित ढाँड–तुषारा सडक खण्डामा तीन करोड ५४ लाख लगानीमा पुल निर्माण सम्पन्न भएको छ ।

पुल बनेपछि जिल्लाका सबैजसो स्थानीय तहका नागरिकहरू प्रत्यक्ष लाभान्वित भएका छन् । आगामी आर्थिक वर्षका लागि पनि दर्जन संख्यामा केही महत्वपूर्ण पक्की पुलहरुको निर्माणका लागि कार्यालयले मन्त्रालयमा योजना पेश गरेको शाहले बताए । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.