जापानकी विदेशमन्त्री कामिकावा योको नेपाल आउँदै

जापानकी विदेशमन्त्री कामिकावा योको नेपाल आउँदै
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : जापानकी विदेशमन्त्री कामिकावा योको नेपाल भ्रमणमा आउने भएकी छन्। परराष्ट्र मन्त्रालयका अनुसार उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा उनी आइतबार नेपाल आउन लागेकी हुन्।

परराष्ट्र मन्त्रालयलले शुक्रबार जारी गरेको विज्ञप्तिमा भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गर्ने कार्यतालिका छ।

विदेशमन्त्री कामिकावाले आइतबार उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्रेष्ठसँग पनि द्विपक्षीय भेटवार्ता गर्नेछिन् । उनी सोही दिन काठमाडौंबाट फर्कने मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.