एमाले पर्साको निर्वाचन अवरुद्ध, धाँधली गरिएको भन्दै निर्वाचन समितिमा तालाबन्दी

एमाले पर्साको निर्वाचन अवरुद्ध, धाँधली गरिएको भन्दै निर्वाचन समितिमा तालाबन्दी

वीरगन्ज : नेकपा एमाले पर्साको उपाध्यक्षसहितका पदाधिकारी चयनका लागि शुक्रबार हुने भनिएको निर्वाचन विवादका कारण अवरुद्ध भएको छ। 

उपाध्यक्ष, सचिव र दुई उपसचिव पदका लागि वीरगन्जको अनमोल पार्टी प्यालेसमा शुक्रबार बिहान ११ बजेदेखि मतदान प्रक्रिया सुरु हुने सूचना निर्वाचन समितिले जारी गरेको थियो। तर उपाध्यक्ष पदमा उम्मेदवारी दिएका लालबाबु शेख पक्षधरले निर्वाचन प्रक्रियामा धाँधली गरिएको भन्दै निर्वाचन समितिको कोठामा तालाबन्दी गरिदिएको छ। 

केही पालिकामा नियम मिचेर प्रतिनिधि छनौट गरिएको , जिल्ला सदस्यमा निर्विरोध निर्वाचित भइसकेका व्यक्तिले फेरि पदाधिकारीमा उम्मेदवारी दिएको , एक पक्षलाई जिताउने गरि निर्वाचन समिति नै लागेको भन्दै शेख पक्षधरले नाराबाजी गर्दै मतपत्र लगायतका कागजातहरू राखिएको निर्वाचन समितिको कोठामा ताल्चा लगाएको हो। जसका कारण बिहान ११ बजेदेखि नै सुरु हुने भनिएको मतदान अहिलेसम्म पनि सुरु हुन सकेको छैन।

शेखपक्षले तालाबन्दी गरेपछि विवाद मिलाउनका लागि एमालेका नेताहरू सत्कार होटलमा अहिले छलफलमा बसेका छन्। यता निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत भोजराज ढकालले भने निर्वाचन समितिको कोठामा तालाबन्दी नभएको दाबी गरे। उनले भने,‘१०/१२ जनाको हुल बाँधेर आएको एक समूहले निर्वाचन रोक्नुस् भन्दै होहल्ला गरे। त्यसपछि हामी निर्वाचन समितिका साथीहरू आफैंले ताला लगाएर त्यहाँबाट निस्कियौँ। विवाद गर्नेहरूले के कारणले विवाद गरेका हुन् त्यो मलाई थाहा छैन।’ 

पार्टीको आन्तरिक निर्वाचन भएकाले यसलाई शान्तपूर्ण रुपमा सम्पन्न गराउने आफ्नो भूमिका रहेको भन्दै उनले भने, ‘नेताहरू छलफलमा बस्नु भएको छ। शायद केही समयमा मतदान प्रक्रिया सुरु हुन्छ होला।’ वैशाख १७ देखि सुरु एमालेको नवौं जिल्ला अधिवेशनले बिहीबार जिल्ला अध्यक्षमा डाक्टर विश्वम्भर शर्मालाई निर्विरोध चयन गरिसकेको छ। अध्यक्षमा शर्मा सर्वसम्मत चयन भए पनि उपाध्यक्षसहित चार पदाधिकारीको पदमा भने एकभन्दा बढीको उम्मेदवारी परेपछि शुक्रबार निर्वाचन हुन लागेको हो। 

एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव पदका लागि शुक्रबार बिहान ११ बजेदेखि मतदान सुरु हुने निर्वाचन समितिले जनाएको थियो। उपाध्यक्ष पदमा मनोज गुप्ता र लालबाबु शेख, सचिव पदमा महेस दास र नवराज शर्मा, उपसचिव(खुल्ला)मा  रामिकिशोर सिंह पराग, नविजान मियाँ अन्सारी र इमरान हुसेन तथा उपसचिव(महिला) मा सीतादेवी लामा र  गीता देवी भण्डारीको उम्मेदवारी परेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.