टिक्नै सक्दैनन् सुनवलमा प्रमुख प्रशासकीय अधिकृत

टिक्नै सक्दैनन् सुनवलमा प्रमुख प्रशासकीय अधिकृत
सुन्नुहोस्

परासी : नवलपरासीको सुनवल नगरपालिकाकामा सरुवा भएर पुग्ने प्रमुख प्रशासकीय अधिकृतहरू लामो समयसम्म टिक्न सकेको देखिएको छैन। नगरपालिकामा सरुवा भएर पुग्ने प्रमुख प्रशासकीय अधिकृतहरूको छोटो समयमै सरुवा हुने गरेको देखिएको छ। 

मेयर बिमला अर्याल र उपमेयर सूर्य दुबेको आन्तरिक विवादसँगैको दबाब र अन्य केही जनप्रतिनिधिहरूले समेत काममा दिने दबाबका कारण प्रमुख प्रशासकीय अधिकृतहरू लामो समयसम्म टिक्न नसकेको कर्मचारीहरूले बताएका छन्। 

नयाँ जनप्रतिनिधिहरू चुनिएर आएसँगै सरुवा भएर आउने प्रमुख प्रशासकीय अधिकृतहरू लामो समयसम्म टिक्न नसकेका हुन्। २०७९ जेठमा नयाँ जनप्रतिनिधिहरूले कार्यभार सम्हालेको २ महिना नपुग्दै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अशोक कोइरालाको सरुवा गरेपछि त्यसको श्रृङ्खला अहिलेसम्म पनि चलिरहेको छ। कोइराला ८ महिना पूरा बस्न पाएनन्। 

पछिल्लो पटक अहिले कार्यरत प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीको पनि सात महिना नपुग्दै फेरि सरुवा भएको छ। गिरी गत असोज महिनामा हाजिर भएका हुन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार निकालेको उपसचिवहरूको सरुवा सूचीमा गिरीलाई गुल्मीको मुसिकोट नगरपालिकामा पठाइएको छ। 

सरुवा भएर पुग्ने केही प्रमुख प्रशासकीय अधिकृतहरू जनप्रतिनिधिहरूको दबाब थेग्न नसकेपछि आफैं सरुवा मागेर जाने गरेका छन् भने केहीलाई मेयर अर्यालले राख्न खोजे पनि उपमेयर दुबेसहित केही जनप्रतिनिधिहरूको दबाबमा सरुवा गर्ने गरेका कारण पनि उक्त नगरपालिकामा लामो समयसम्म टिक्न नसकेका हुन्
 
जनप्रतिनिधिहरूकै विवादका कारण गिरी अगाडि कार्यरत प्रमुख प्रशासकीय अधिकृत भिक्रराम मरासिनीको २ पटक भएको सरुवा थमौती गरिएको थियो। मरासीनीको सरुवाका विषयमा मेयर बिमला अयार उपमेयरसहित जनप्रतिनिधिहरूको विवाद त्यसबेला छताछुल्ल भएको थियो। 

मरासीनीको सरुवालाई थमौती गर्नुपर्ने मेयर अर्यालको पत्र र सरुवा नै गर्नुपर्ने भन्दै उपमेयर दुबेसहितका केही जनप्रतिनिधिहरूले मन्त्रालयमा पत्र पठाएर जनप्रतिनिधिहरूको विवाद छताछुल्ल पारेका थिए। विवादका बीच अहिलेसम्म लामो समयसम्म (१ वर्ष) टिकेका प्रमुख प्रशासकीय अधिकृतमा मरासिनी मात्र छन्। 

२०७९ भदौमा सरुवा भएर आएका मरासिनीको २०८० असोजमा सरुवा भएको हो। त्यसबेला विवादका बीच सरुवा गरिएका मरासिनीको ठाउँमा पुगेका प्रमुख प्रशासकीय अधिकृत रमेश गौतमलाई मेयर अर्यालले हाजिर गर्न दिएकी थिइनन्। १८ दिन नगरपालिका गएका गौतमलाई हाजिर नगराइ मेयर अर्यालको दबाबमा सरुवा गरिएको थियो। 

मन्त्रालयले अहिलेका प्रमुख प्रशासकीय अधिकृत गिरीको मुसिकोट सरुवा भएको सूची निकाले पनि उनको ठाउँमा पठाइएका प्रमुख प्रशासकीय अधिकृतको नाम भने उल्लेख छैन। मेयर र उपमेयरसहितका केही जनप्रतिनिधिहरूबीच खोला ठेक्का दिने विषय, योजना बाँडफाँट लगायतका विषयमा विवाद हुँदै आएको छ। 

जनप्रतिनिधिहरूबीच नै तालमेल नमिल्ने र दबाबमा काम गर्नुपर्ने बाध्यता भएपछि प्रमुख प्रशासकीय अधिकृतहरू नगरपालिकामा टिक्न नसकेको स्वयं कर्मचारीहरूले बताउँदै आएका छन्। मन्त्रालयले गिरीलाई मुसिकोट सरुवा गरेको सूची निकाले पनि उनको ठाउँमा पठाइएका प्रमुख प्रशासकीय अधिकृतको नाम भने उल्लेख छैन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.