सुदूरपश्चिम प्रदेश सभाको बैठक शनिबार बेलुकी साढे ५ बजेसम्मका लागि स्थगित
धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले विश्वासको मत लिने भनेर बोलाइएको संसद बैठक शनिबार बेलुकी साढे ५ बजेसम्मका लागि स्थगित भएको छ । संसद सचिवालयले सूचना टाँस गर्दै शनिबार बेलुकी ५ बजेसम्मका लागि स्थगित भएको जनाएको छ ।
एमालेले सरसल्लाह गर्न बाँकी रहेको भन्दै नगरेको भन्दै शुक्रबार विश्वासको मत दिन नसकिने बताउँदै आएको थियो । कांग्रेसले नागरिक उन्मुक्तिका लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्री नियुक्त नगरेर संविधान मिचेको भन्दै सदन अवरुद्ध पार्ने चेतावनी दिँदै आएको थियो ।
केन्द्रमा बनेको सत्ता गठबन्धनलाई चुनौती दिँदै कांग्रेससँग मिलेर नागरिक उन्मुक्तिबाट मुख्यमन्त्री अगाडि सरेका समाजवादीका नेता सोडारीलाई अहिले भने आफै मुख्यमन्त्री बन्दा विश्वासको मत लिन सकस भएको हो।
उनी वैशाख ६ गते एमाले, माओवादी, उन्मुक्तिका २ जना र स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए। अहिले उनैलाई विश्वासको मत लिन सकस भएको छ।