निजामती सेवा ऐनलाई महत्वका साथ अघि बढाऔं : मन्त्री जोशी
काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले मन्त्रालयका विभिन्न कार्यक्रममाथि छुट्टाइएको बजेट अझै प्राप्त नभएको बताएका छन्। सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा मन्त्री जोशीले मन्त्रालयको नवप्रवद्र्धन कार्यक्रमका लागि ८८ करोड छुट्टाए पनि अहिलेसम्म सो रकम प्राप्त हुन नसकेको बताएका हुन्।
तराईमधेश समृद्धि कार्यक्रमको अवस्था पनि त्यस्तै रहेको उनले बताए । मन्त्री जोशीले आफू मन्त्रालयमा आउँदा पूँजीगत खर्च जम्मा ९ प्रतिशत मात्रै रहेको धारणा राखे। उनले कर्मचारी व्यवस्थापनमा पनि समस्या देखिएको भन्दै धेरै स्थानमा निमित्तका भरमा चलाउनुपरेको गुनासो सुनाए।
मन्त्री जोशीले संघीय निजामती सेवा ऐनलाई महत्वका साथ अघि बढाउनुपर्ने अवस्था देखिएको बताए । कर्मचारीको समस्या कानुनी रुपले समस्या गर्ने अवस्था नरहेको उनको भनाइ छ ।