६ सचिवको सरुवा, को कहाँ?
काठमाडौं : सरकारले ६ जना सचिवको सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव दीपक काफ्लेलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरेको छ।
त्यस्तै प्रधानमन्त्री कार्यालयका सचिव गणेश पाण्डेलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ। त्यस्तै वन तथा वातावरण मन्त्रालयका सचिव दीपक खराललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सरुवा गरिएको छ भने कृषि सचिव गोविन्दप्रसाद शर्मालाई वन मन्त्रालयमा ल्याइएको छ।
त्यस्तै सचिव रेवतीरमण पौडेललाई कृषि विकासमा सरुवा गरिएको छ भने उपराष्ट्रपति कार्यालयमा लुम्बिनी प्रदेश प्रमुख सचिव राधिका अर्याललाई सरुवा गरिएको छ।