चोटमाथि चोट
यता जिन्दगीले हरेको हेर्यै छ
कतै सिम मात्रै छ लेउ बसेको
कति याद गर्नु दुःखाएर छाती
जहाँ चोटमा चोट परेको पर्यै छ
रविलाई चिसो शशीले बनाए
अझै शीत बिन्दु झरेको झर्यै छ
बचाएर सारा म बाँच्छु भनेको
यही ‘बोध’ आफैं मरेको मर्यै छ।
- बोधराज पौडेल