विश्वकप खेल्ने नेपाली टोलीलाई राष्ट्रपतिको शुभकामना

विश्वकप खेल्ने नेपाली टोलीलाई राष्ट्रपतिको शुभकामना
सुन्नुहोस्

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले आइसीसी टी-२० विश्वकप प्रतियोगिताका लागि क्रिकेट खेल्ने खेलाडीलाई सफलताका लागि शुभकामना दिएका छन्।

वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुन लागेको आइसीसी टी-२० विश्वकप क्रिकेट खेल्न जाने टोलीका सदस्यलाई सफलताको शुभकामना व्यक्त गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

नेपाली क्रिकेट टोली आज राति त्यसतर्फ प्रस्थान गर्दैछ। टी-२० विश्वकप जुन १ तारिखदेखि सुरु हुँदैछ। विश्वकपमा नेपाल समूह ‘डी’मा परेको छ। यस समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्याण्ड्स छन्। नेपालले जुन ४ तारिखमा नेदरल्याण्ड्ससँग विश्वकपको सुरुवात गर्नेछ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.