प्री ओपन सेसनमा नेप्से परिसूचक ५.८४ ले बढ्यो
काठमाडौं : प्री ओपन सेसनमा नेप्से परिसूचक ५.८४ अंकले बढेर १९८०.२२ विन्दुमा कायम भएको छ। साताको दोस्रो कारोबार दिन सोमबार प्री ओपन सेसनमा ३६ स्क्रिप्सको २ हजार १५७ कित्ता सेयर १० लाख ६० हजार ४६५.९० रुपैयाँमा खरिदबिक्री भयो।
कारोबारमा आएका २२ स्टकको मूल्य बढ्दा १२ वटाको घट्यो भने २ को मूल्य स्थिर रह्यो। यो समयमा ५३ पटक कारोबार भएको थियो।