अशोक राई नेतृत्वको नयाँ पार्टीले पायो दलको मान्यता
काठमाडौं : निर्वाचन आयोगले अशोक राई नेतृत्वको नयाँ पार्टीलाई दलको मान्यता दिएको छ। सोमबार बसेको आयुक्तहरूको बैठकले राई नेतृत्वको जनता समाजवादी पार्टीलाई दलको मान्यता दिने निर्णय गरेको हो।
राईले आइतबार ७ सांसदसहित नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए। राई नेतृत्वको नयाँ पार्टीमा प्रदीप यादव, रेनु यादव, नवलकिशोर साह सुडी, वीरेन्द्र महतो, रन्जु कुमारी, हसिना खान र सुशीला श्रेष्ठलगायत ९ जना सांसद रहेका छन्।