राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको म्याद एक वर्ष थपियो
काठमाडौं : सरकारले रक्षामन्त्रालय अन्तर्गतको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको म्याद थप एक वर्ष थप्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले विकास समितिको म्याद थप एक वर्ष थप्ने निर्णय भएको जानकारी गराएकी हुन्।
उनले भनिन्,'विकास समितिको ४ वर्षका लागि समय तोकिएको रहेछ। वैशाख २६ गते समय पुग्दै थियो । नयाँ विधेयक र कानुन नबनेकाले अर्को मन्त्रिपरिषद् बैठकसम्म यो समय खारेज हुने भएकाले थप एक वर्ष म्याद थपिएको हो।'