प्री ओपन सेसनमा नेप्से परिसूचक १ अंकले बढ्यो
काठमाडौं : प्री ओपन सेसनमा नेप्से परिसूचक एक अंक बढीले वृद्धि भएको छ। साताको तेस्रो कारोबार दिन मंगलबार प्री ओपन सेसनमा नेप्से परिसूचक १.१६ अंकले बढेर १९५९.९१ विन्दुमा पुगेको हो।
यो सेसनमा २३ स्क्रिप्सको २ हजार २९५ कित्ता सेयर १५ लाख ९१ हजार ६६८ रुपैयाँमा खरिदबिक्री भए।
कारोबारमा आएका ११ स्टकको मूल्य बढ्दा ९ वटाको घट्यो भने २ वटाको मूल्य स्थिर रह्यो।