व्यक्तिलाई निषेध गर्ने कांग्रेसको तरिका सही छैन : महेश बर्तौला
काठमाडौं : नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सहजतापूर्वक सदनको बैठक सञ्चालनका लागि कांग्रेसले सहजीकरण गर्नपर्ने बताएका छन्। गृहमन्त्रीमाथि प्रश्न उठेका विषयमा सदनमा बोल्न दिनुपर्ने उनको माग छ।
सहकारी पीडितबारेमा कुनै कुरा नराखी कुनै व्यक्तिलाई निषेध गर्ने तरिकाबाट जाने कांग्रेसको तरिका सही नभएको उनले बताए। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सभामुखले आयोजना गरेको बैठकमा महत्वपूर्ण छलफल भएको र समस्या समाधानमा केन्द्रित रहेको बताए।
वैशाख २८ गतेदेखि सुरु हुन लागेको सङ्घीय संसद्को बैठकलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको उनले बताए। संसदको आगामी बैठकमा गृहमन्त्रीलाई बोल्न दिने वातावरण बन्ने उनको दाबी छ।