दुर्घटनामा दुई युवकको मृत्यु
नुवाकोट : नुवाकोटको देवीघाट–गल्छी–काठमाडौं सडकखण्डमा दुर्घटना भएको छ। मृत्यु हुनेमा २७ वर्षीय रुबिन रावल र २६ वर्षीय स्वीकार राणाको मृत्यु भएको छ।
घाइते भएका उनीहरूको नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा काठमाडौं घर भएका २७ वर्षीय ऋतिक तिवारी र २५ वर्षीय उपकार थापा गम्भीर घाइते भएका छन्।
बा३क ३७२२ नम्बरको स्कुल बस घुमाउने क्रममा सोही दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०४४प३६९२ र बागमती प्रदेश ०२–०४६प१५२९ नम्बरको मोटरसाइकल सोही बससँग एकआपसमा ठोकिएका थिए।
प्रहरीले स्कुल बस र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ। मोटरसाइकलमा सवार दुई युवकको ज्यान गएको र दुई जना घाइते भएको प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए। मृतक तथा घाइते युवकहरू काठमाडौंबाट कक्षा १२ को परीक्षा सकेर नुवाकोटमा घुम्न आएको जनाइएको छ।