प्रतिनिधि सभा

सुहाङ नेम्वाङले आज सांसद पदको सपथ ग्रहण गर्दै

सुहाङ नेम्वाङले आज सांसद पदको सपथ ग्रहण गर्दै
सुन्नुहोस्

काठमाडौं : प्रतिनिधि सभा सदस्यमा इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट निर्वाचित सुहाङ नेम्वाङले आज शपथ ग्रहण गर्ने भएका छन्। संसद सचिवालयका अनुसार आज बिहान ११ बजे नेम्वाङलाई सभामुख देवराज घिमिरेले सपथ ग्रहण गराउने भएका छन्।

सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहल शपथ ग्रहण कार्यक्रम राखिएको छ।  शपथ खुवाएर घिमिरेले उनलाई प्रतिनिधि सभा सदस्यको लोगो लगाएपछि सांसदको जिम्मेवारी पाउनेछन्।

गत बैशाख १५ गते भएको उपनिर्वाचनबाट एमालेबाट उम्मेदवार नेम्वाङ शानदार विजयी भएका थिए।  नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मतान्तरले पराजित गर्दै नेम्वाङ निर्वाचित भएका हुन्। नेम्वाङले २७ हजार ७७२ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी खड्काले २१ हजार ९४२ मत प्राप्त गरेका थिए। सुहाङका बुबा एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि इलाममा उपनिर्वाचन भएको थियो।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.