लागुऔषधविरुद्ध कालीकोटमा लालटिन अभियान

लागुऔषधविरुद्ध कालीकोटमा लालटिन अभियान
जिल्ला प्रहरी कार्यालय कालीकोटले सुरू गरेको लागुऔषधविरुद्ध अप्रेशन। तस्बिर : भरतराज बिष्ट

कालीकोट : जिल्ला प्रहरी कार्यालय कालीकोटले लागुऔषधविरुद्ध अप्रेशन सुरु गरेको छ । लालटिन अभियानका माध्यमबाट कालीकोटमा प्रहरीले अप्रेशन सुरु गरेको हो । लागुऔषध,धुर्मपान,मदिरासेवन प्रयोगकर्ता र कुलतमा फसेका युवाहरूलाई लक्षित गरेर लालटिन अभियान सञ्चालन गरेको सूचना अधिकारी पोषण थापाले बताए । 

प्रहरी नायव उपरीक्षक अर्जुन केसीले प्राय युवाहरू सानै उमेरमा कुलतमा फस्ने गरेको भेटिएपछि अभियान सुरू गरिएको बताए। उनले भने,'विद्यालय उमेर समूहका केटाकेटीहरू धुम्रपान,मध्यपान तथा लागुऔषध प्रयोग गर्नेहरूको संख्या दिनप्रतिदिन बढ्दै गएपछि यो अभियान सञ्चालन गरेका हौं ।'

लागुऔषध प्रयोग गरेर आत्महत्या गर्ने,डिप्रेसनको रोगी भएर अकालमै ज्यान गुमाउनेहरूको संख्या कालीकोटमा डरलाग्दो अवस्थामा छ । आर्थिक वर्ष २०७८/०७९ देखि लागुऔषधका ९ वटा मुद्दा दर्ता भएका छन् । लागु‍औषध ओसारपसार गरेको आरोपमा १४ पुरुष,एक बालक, दुई महिला पक्राउ परेका छन्। उनीहरूको साथबाट ठूलो परिमाणमा लागुऔषध बरामद भएको छ।

जिल्ला बार कालीकोटका अध्यक्ष अम्मलराज शाहीले तीन वर्षयता लागुऔषधको कारोवार गर्नेहरू निक्कै सक्रिय रहेको बताए । उनका अनुसार कारोबारीहरूले लागुऔषध नेपालगञ्ज, रुपैडिया नाकाबाट भित्राउने र पहाडि जिल्लामा पुर्‍याउन गाडी,मोटरसाइकल प्रयोग गर्ने गरेको खुल्न आएको छ। उनीहरूले चोरबाटोबाट पैदल हिँडेर पनि लागुऔषध भित्र्याउने गरेको प्रहरीले जनाएको छ।

लागुऔषधलाई कसैले पैंसा कमाउने माध्यम बनाएका छन् भने कसैले लहलहैमा लागेर सेवन गर्ने गरेको प्रहरीको रिर्पोटले देखाएको  छ । पछिल्लो एक महिनामा कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट लागुऔषधमा संलग्न करिब १९ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.