आर्थिक समृद्धिमा लेखा व्यवसायीको योगदान
काठमाडौं : नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघ (एक्यान)ले आर्थिक संकट र समाधानका विषयमा राष्ट्रिय सम्मेलन आयोजना गरेको छ। नेपाली चार्टर्ड एकाउन्टेन्टहरूको छाता संगठन एक्यानले आज आयोजना गरेको उक्त सम्मेलनमा देशमा विद्यमान आर्थिक संकट र त्यसका समाधान विषयमा खास बहस गर्न खोजिएको हो।
सम्मेलनको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने छन्। उद्घाटन सत्रमा अर्थमन्त्री वर्षमान पुन, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, शिक्षामन्त्री सुमना श्रेष्ठलगायतले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको एक्यानले जनाएको छ। नेपालले भोगिरहेको आर्थिक संकटको समाधानको दिशा देखाउन उल्लेखनीय हुने विश्वास एक्यानले गरेको छ।
कार्यक्रमको दोस्रो सत्रमा बैंकिङ क्षेत्र र समग्र अर्थतन्त्रलाई जोडेर विशेष बहस हुनेछ। पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा नोट स्पिकरका रूपमा रहने सो सत्रमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल, नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी, नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा, ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष करण चौधरीले विशेष बहस गर्ने छन्। सो कार्यक्रमलाई नबिल बैंकका डेपुटी सीईओ मनोज ज्ञवालीले मध्यस्थतता गर्ने छन्।
कार्यक्रमको तेस्रो सत्रमा नेपालको समृद्धिको र आर्थिक विकासका विषयमा खास बहस हुनेछ। पूर्वमन्त्री मीनेन्द्र रिजाल कि नोट स्पिकरका रूपमा रहने सो कार्यक्रममा पूर्वमन्त्री विमलाराज पौड्याल, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेल र अर्थविद् विश्वास गौचनले बहस गर्ने कार्यक्रम छ। सो कार्यक्रमलाई वरिष्ठ सञ्चारकर्मी दिल भूषण पाठकले मध्यस्थतता गर्ने छन्।
कार्यक्रममा देशका विभिन्न बैंक तथा वित्तीय संस्थाका सीईओहरू, विभिन्न कर्पोरेट हाउसका प्रमुखहरू, बिमा कम्पनी तथा सरकारी निकायका प्रतिनिधिहरू तथा नेपालका चार्टर्ड एकाउन्टेन्टहरूको उल्लेखनीय सहभागिता हुनेछ।
संस्थागत सुशासनमा सीएको योगदान छ
सीए सुजनकुमार काफ्ले, अध्यक्ष, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)
अहिले नेपालमा कती सीएहरू कार्यरत छन् ?
एक्यान र आइक्यानमा भएका सीएहरूको संख्याा फरक–फरक छन्। एक्यानमा ३०–३२ सय हाराहारीमा छन् भने नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)मा रजिस्टर्ड भएका २ हजार २ सय हाराहारीमा छन्। यसमा विदेशबाट पढेर आएर यसमा परीक्षा दिएरमात्रै काम गर्न पाउँछन्। कतिपयले यहाँ परीक्षा नदिई काम गरिरहेकाले पनि संख्या कम देखिएको हो। उनीहरूले विदेशबाट पास गरेर यहाँ रजिस्टर्ड नगरी काम गर्दा सीए भनेर लेख्न नपाउने ऐनले व्यवस्था गरेको छ।
उनीहरूले क्षेत्रगत रूपमा कसरी योगदान दिएका छन् ?
प्रायः निजी क्षेत्रमा काम गरेका छन्। प्रायः सीएहरू वित्तीय क्षेत्र, संघसंस्थाहरूको लेखा परीक्षणमा छन्। पछिल्लो समय धेरै ब्रोकरको विश्लेषण गर्न कुनै न कुनै फर्ममा पनि सीएहरू व्यस्त छन्। भेञ्चर क्यापिटलदेखि बैंकको सीईओसम्म धेरै सीए नै पुगिसके। यससँगै महालेखाको सिफारिसमा आयल निगमलगायतका सार्वजनिक संस्थानहरूको अडिटमा मात्रै करिब १ सय जना जतिले काम गरिरहेका छन् ।
अहिले भएका जति पनि सीए छन् यसले नेपालको बजारलाई पर्याप्त छ त ?
यसमा त अर्थतन्त्रको आकार कत्रो हुन्छ त्यसमा भर पर्छ। वार्षिक ५–६ प्रतिशतले आर्थिक वृद्धि हुँदै जाने हो भने यहाँ १० हजार जति सीए कन्जम हुन्छन् । जति अर्थतन्त्रको आकारले गार्हस्थ्य उत्पादन (जीडीपी) अर्थतन्त्रको आकारले अर्थतन्त्रको आकार बढ्छ वा अर्थतन्त्रको गतिविधि बढ्यो त्यति सीएहरूले काम पाउने हो।
जस्तै १० वर्षअघि विश्लेषण गर्ने हो भने अर्थतन्त्रको आकारा काठमाडौं बाहिर सीए हुँदैन थिए तर अहिले हरेक सहरमा छन्। धनगढी, नेपालगञ्ज, भैरहवा–बुटवलमा ८० जनाभन्दा बढी छ। विदेशमा मात्रै होइन स्वदेशमै पनि सीए उत्पादन भइरहेका छन्। आइक्यानले सन् २००० देखि पठाउन थालेको हालसम्म स्वदेशमै ९ सय हाराहारीमा सीए उत्पादन भएका छन् ।
त्यसोभए हालसम्म मुलुकको अर्थतन्त्र लेखा व्यवसायीहरूले कत्तिको योगदान दिए ?
सार्वजनिक क्षेत्रमा जसरी चिकित्सक, इञ्जिनियरहरू प्रवेश गराइएको छ तयसरी सीएहरूलाई भने गरिएको छैन। यसकारण सार्वजनिक क्षेत्रमा पनि लेखा व्यवसायीलाई प्रवेश हुनुपर्छ भनेर माग गरिरहेका छौं।
हामीले योगदान दिन सक्ने क्षेत्र, कर, लेखा परीक्षण, वित्तीय योजना जस्ता कामका लागि आन्तरिक राजस्व कार्यालय, महालेखा परीक्षक, महालेखा नियन्त्रकलगायतमा हुन्छ तर यसमा हाम्रो नगन्य दरबन्दी छ। यसले हामीलाई पुग्दैन। यसकारण हामीले दरबन्दी बढाउन लबिङ गरिरहेका छौं। भारतमा सीएलाई स्नातकोत्तरको मान्यता दिन्छ तर नेपालमा मान्दैन। जबकी अर्थतन्त्रलाई गति दिन सीएको ठूलो भूमिका हुन्छ।
आर्थिक संकटको निकास खोजेका हौं
सीए दीपक पाण्डे, अध्यक्ष, नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघ (एक्यान)
अहिले मुलुकको अर्थतन्त्र संकटतर्फ जानुको कारण के देख्नुभएको छ ?
पछिल्लो समय अर्थतन्त्रमा ठूलो समस्याहरू आइरहेका छन्। बिदेसिने युवाहरू बढिरहनु, उत्पादनमूलक क्षेत्रमा व्यवसायीको लगानी घटेर गइरहेको छ। यो परिवेश कोभिड–१९ बाटै बन्यो। यो समयमा व्यवसायीहरू धरासायी भए। उनीहरूले ठूलो नोक्सानी बेहोर्नुप¥यो र त्यसबाट उठ्नै सकेनन्। उनीहरूको मनोबल बढाउन वित्त नीतिबाट धेरै सम्बोधन हुनुपथ्र्यो तर धेरै राहातको प्याकेज लागू गरेन। यसो हुँदा मौद्रिक नीतिले बढी राहातका प्याकेज ल्यायो।
यति हुँदाहुँदै पनि अर्थतन्त्रमा समस्या हटेन। प्रतिस्पर्धी जनशक्ति नै बिदेसिन थाले, व्यवसायीहरू घटिरहँदा बैंकहरूले भने नाफामा सम्झौता गरेनन्। यसो हुँदा बैंकले थप फडिङ खुम्च्याए। अर्कोतर्फ व्यवसायीहरू अत्तालिए।
व्यवसायीलाई पैसाको समस्या, जनशक्तिको कमी र सरकारको राहात प्याकेज नपाएपछि र राजनीतिक अस्थिरताले गर्दा विदेशी लगानीकर्ता पनि अस्पष्ट हुँदा लगानी गर्न सकेनन्। यसले कोष प्रवाह रोकियो। जसले व्यवसायीहरू कमजोर भए। यता बैंकिङ प्रणालीमा तरलता (लगानीयोग्य पुँजी) बढी छ। तर, बैंकहरू सिरियस व्यवसाय गर्ने उद्यमशीलको मात्रै छनौटमा छन्। व्यवसायीहरूमा आत्मविश्वास गुमेको छ, उत्प्रेरित भएर काम गर्न नसक्दा लगानीको वातावरण बनेको छैन।
उनीहरू निरन्तर स्वस्थ वातावरण कायम गर्न नसक्दा चुनौती आयो। यसको प्रभाव चौतर्फी पर्न थाल्यो। आयातमा कमी भयो। वास्तवमा अर्थतन्त्रमा मनोवलको कमी भएको छ। अर्कोतर्फ सरकार लक्ष्यअनुसार राजस्व उठाउन जबरजस्ती लागेको छ। सरकारले आफ्ना खर्च व्यवस्थापन गर्न पेलान नै छ।
आर्थिक संकटकैबीच आयोजित राष्ट्रिय सम्मेलनले के निकासा निकाल्ला त ?
सम्मेलनको मूल उद्देश्य नै आर्थिक संकटको निकास के हुन्छ भनेर विज्ञहरू जम्मा गरेका हौं। अर्थशास्त्री, उद्योगी, बैंकर्स, नीति निर्माता, सरोकारवाला, राजनीतिज्ञहरूलाई एकै ठाउँमा भेला गरेर मन्थनबाट निकासाको बाटो पहिल्याउने विश्वास गरेका छौं।
वास्तवमा बैंकको समस्या के हो ? निस्क्रिय कर्जाको आकार बढेर जानुको कारण के हो ? लगानीमा खास समस्या के हो ? कोष किन
जुटेन ? लगायतका समस्या पहिचान गरेर यसका समाधान खोजिनेछ। पछिल्लो समय पूर्वाधारको कामहरू बन्द भएपछि धेरै कन्ट्रयाक्टरहरू, सिमेन्ट उद्योग, मेटल तथा स्टिल उद्योगहरू बढी भोग्नु परेको छ। केहीअघि पर्यटन क्षेत्रले भोग्नुप¥यो ।
ठूलो पुँजीगत खर्च भएकोमा पनि समस्या देखियो। कुनै समस्या उद्योगमा र सामान्य अर्थतन्त्रमा भए। जनरल इकोनोमीको मतलब रेमिट्यान्स अझै बढ्दै गइरहेको छ भन्नुको मतलब हाम्रा युवाहरू रोक्न नसकिने गरी बाहिरिएका छन्। जसले प्रतिस्पर्धी, दक्ष जनशक्तिको पनि कमी भएको होला। तलको जनशक्ति बिदेसिएको छ भने सस्तो जनशक्तिको कमी भएको हुन सक्छ। यसले गर्दा जनशक्ति महँगो हुँदा फेरि काम गर्न सकिएन। साथै, विदेशी लगानी नआउँदा, निरन्तर निर्यातमा कमी आयदा व्यापार घाटा अझै बढेर गयो।
करिब आधा अनौपचारिक अर्थतन्त्रले गर्दा सरकारको प्रणालीमा आउन सकेको छैन। सुशासनको कमी होला। यस्ता यावत विषयमा खास समस्या के हो र यसलाई समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा भेला गर्न सम्मेलन गरिएको हो ।
विगतमा पनि सम्मेलन गर्दै आएकोमा कत्तिको फलदायी भएको थियो ?
डेढवर्षअघि दिगो आर्थिक विकासबारे सम्मेलन गरेका थियौं। जसले विकास मात्रै महत्वपूर्ण होइन दिगो विकास कसरी सम्भव बनाउने भन्ने थियो। अझ यसअघि चार्टर्ड एकाउन्टेन्टहरू आर्थिक समृद्धिका साझेदार हुन भनेर सम्मेलन गरेका थियौं। यसपटकको सम्मेलन अझ भव्य छ।
वर्तमान परिस्थितिलाई समाधान गर्ने हेतुले सम्मेलन गरेका हौं। एकजुट भएर काम गर्दा सिनर्जी इफेक्ट हुन्छ। एफएनसीसीआई, सीएनआई, सिविफिन, नेपाल बैंकर्स संघलगायतका संघसँग हामीले सहकार्य ग¥यौं। यसले एकअर्कामा पारस्परिक सम्बन्धसँगै समग्र अर्थतन्त्रको समस्या समाधानको पहिचान गर्न पनि सहयोग पुग्छ। सबै संगठनलाई जोडेर सकारात्मक शक्ति बनाउने
काम गरेको छ।
अहिले हामी केही अफ्ठेरो अवस्थामा परे पनि प्रसस्तै सम्भावना भनेर झकझक्याउँछ। यससँगै राजनीति नेतृत्वलाई पनि सिकाउन आवश्यक छ। भाषण मात्रै गरेर हुँदैन। ठ्याक्कै समस्या पहिल्याउन विज्ञ व्यक्तित्वसँगको साक्षात्कार गर्न सम्मेलनले फलदायी छ ।
आर्थिक समृद्धिमा लेखा व्यवसायीहरूले कत्तिको योगदान दिएका छन् ?
एक्यानमा मात्रै ३२ सय सीए सदस्य छन्। नेपालमा आर्थिक समृद्धिका खाकाहरू जसरी तयार हुनुपर्ने त्यसरी भएको छैन। चार्टर्ड एकाउन्टेन्टको योगदान अतुलनीय छ। सीएहरूले हरेक संस्थाको वित्तीय स्वास्थ्य जाँच गर्ने हो। उनीहरूको महत्वपूर्ण काम नै लेखापरीक्षण गर्ने हो।
यसबाट उनीहरूले अप्रत्यक्ष रूपमा राज्यलाई कर संकलनमा सहयोग पु¥याउने भए। त्यसैगरी संस्थाको सुशासन बनाउन सहयोग गर्ने भए। नेपालका सबै वित्तीय संस्थादेखि सबै उद्योग, संस्थाहरूमा सीएहरू व्यवस्थापनको माथिल्लो ओहोदामा पुग्दै गरेका छन्।
यो हुनु भनेको संस्थामा सुशासन कसरी बनाउने, कर्मचारी बढाइरहँदा उनीहरूलाई कसरी प्रभावशाली बनाउने, कम्पनीमा लेखाखातालाई दुरुस्त कसरी बनाउने र लगानीको सुरक्षा कसरी गर्ने लगायतका विषयमा सीएको अग्रणाी भूमिका हुन्छ। पछिल्लो समय बैंकिङ क्षेत्रमा सीएको ठूलो योगदान छ। यसैले गर्दा यो पेसालाई कदर पनि गरिएको छ।
निजी क्षेत्रमा सीएको भूमिका अब्बल देखिए पनि सरकारी मातहतमा भने उपस्थिति कस्तो छ ?
कतिपय अवस्थामा हामीले प्राइभेट प्लेयरका रूपमा राम्रो गरिरहे तापनि राज्यले चार्टर्ड एकाउन्टेन्टलाई आवश्यक भूमिका दिएको पाइँदैन। नीतिगत तहमा सीएको भूमिका एकदम कम देखिएको छ। यसकारण सरकारले सीएहरूलाई राजनीतिक नियुक्तिमा मेरै पार्टीको मान्छे भन्ने प्रवृत्तिलाई हटाउन जरुरी छ।
सीएहरू राजनितीकर्मी नहुँदा देशले क्षति बेहोर्नु परेको छ। कर, आईआरडी, बजेटिङमा हाम्रो भूमिका हुन पाएको भए राज्यलाई सहयोग मिल्थ्यो। अहिले स्थानीय सर कारमा यतिधेरै खर्च भएको छ तर टावर बनाएर खर्च गरेका छन्।
त्यहाँ हामीले सम्पत्ति परीक्षण गर्न पाएको भए पक्कै पनि देशमा अहिले जे भैरहे को छ योभन्दा समृद्ध हुन्थ्यो। यसर्थ सम्मेलनमार्फत पनि राज्यले यस को जिम्मेवारी लिनुपर्छ भन्ने हाम्रो सन्देश हो ।
नीतिगत अस्थिरताले व्यवसाय गर्न ढुक्कको वातावरण भएन
केदारनाथ पोखरेल, अध्यक्ष, नेपाल अडिटर्स एसोसिएसन (अडान)
लेखा व्यवसायीहरूले अर्थतन्त्र विकास र आर्थिक सुशासनमा कत्तिको योगदान दिएको ठान्नुहुन्छ ?
नेपालको अर्थतन्त्र विखास, आर्थिक सुशासनका लागि लेखा व्यवसायीहरूको ठूलो योगदान छ। प्रमाणीकरण गर्ने, राय दिने काम लेखा व्यवसायी तथा सीएहरूले गर्ने हुन्। धेरै कम्पनीहरूमा खासगरी सिद्धान्तअनुसार लेखा राख्ने एकाउन्टेन्टहरू छैनन्।
त्यसमा पनि अडिटरहरूले राम्रो लेखा राख्न सिकाउनेदेखि लिएर राष्ट्रका लागि कर उठाइदिने काम गर्छन्। कर तिर्ने दायित्वबोध समेत गराईदिन्छ। यस कारण उचित समयमा राज्य सञ्चालन गर्नका लागि आवश्यक कर तिर्नुपर्छ भनेर लेखा व्यवसायीहरूले पनि भन्ने हुन्। यदि लेखा व्यवसायी चार्टर्ड एकाउन्टन्टहरू थिएनन् भने त्यहाँ लथालिंग भताभुंग हुने अवस्था थियो। यसलाई व्यवस्थित राख्ने काम गरिएको छ ।
अडानमा कति सदस्य छन् र उनीहरूले कसरी काम गरिरहेका छन् ?
अडानमा रजिस्टर्ड अडिटरहरू ७ हजार २ सय ६७ छन्। तर व्यावसायिक रूपमा काम गर्नेहरू साढे ३ हजारको हाराहारीमा छन्। देशका कुना–कुनामा रजिस्टर्ड अडिटरहरू छन्। जहाँ पुग्दैनन् रवि त्यहाँ पुग्छन् कवि भने झै अडिटरहरू त्यहाँसम्म पुग्नुपर्ने हुन्छ। किनभने त्यहाँका सानोभन्दा सानो एनजीओ, गाउँका समुदायको संस्थामा पनि पुग्नुपर्छ। खासगरी बैंकिङ क्षेत्र र पब्लिक कम्पनी बाहेकका सबै क्षेत्रमा रजिस्टर्ड अडिटरले काम गर्छन् ।
अहिले अर्थतन्त्र दबाबमा छ। यसबाट माथि उकास्न तपाईंहरूको भूमिका कस्तो छ ?
यसमा हामी अत्यन्त चिन्तित छौं। अर्थतन्त्र धरासायी छ। हामी यही पेसा, व्यवसाय गरेर खाइरहेका छौं। अहिले हामीले वर्षभरि लगाएर काम गर्छौं तर शुल्क उठ्ने अवस्था छैन। फि नउठेपछि हामीले पनि अफिस चलाउन, कर्मचारीलाई तलब दिन गाह्रो परेको छ ।
हामीले खाजेर तलब दिनुपरेको छ। राज्यको पनि यही अवस्था हो। तरबाट नभएपछि माथिसम्म कर, राजस्व उठ्दैन। अर्थतन्त्र चलायमान नभएपछि यस्तो स्थिति छ। व्यापार, व्यवसायीहरू अवस्थ छैनन् ।
मुलुकमा व्यवसाय गरेर खान सकिन्छ भन्नेमा निश्चित छैनन्। बारम्बार करका दरहरू परिवर्तन हुने, बैंकको ब्याज परिवर्तन भइरहने यस्तो नीतिगत अस्थिरताले गर्दा ढुक्कको वातावरण भएन ।
यसकारण एक्यानले गर्न लागेको काम प्रसंशनीय छ। राष्ट्रपतिबाट आह्वान गरेर अर्थतन्त्र उकास्ने विषयमा सबैको धारणालाई हस्ताक्षर गरेरै आमरूपमा दीर्घकालीन योजना ल्याउनुपर्ने परिस्थिति छ। यस्तोबेला एक्यानले उजागर गर्न लागेको विषय सराहनीय छ ।
प्रस्तुति : ममता थापा