उमेशराज जोशी र भीम ढकाललाई एआईजीमा बढुवा गर्ने सरकारको निर्णय
काठमाडौं : सरकारले दुई डिआईजीको बढुवा गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डिआईजी उमेशराज जोशी र भीम ढकाललाई एआईजीमा बढुवा तथा पदास्थापन गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।
गृह मन्त्रालयको प्रस्तावमा जोशी र ढकाललाई बढुवा गर्ने निर्णय भएको उनले बताइन्।