सरकारको नीति तथा कार्यक्रम जेठ १ गते
काठमाडौं : सरकारको नीति तथा कार्यक्रम जेठ १ गते सार्वजनिक हुने भएको छ।
सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी जेठ १ गते दिउँसो तीन बजे संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।
सरकारको नीति तथा कार्यक्रम संसदमा राष्ट्रपतिले पढेर सुनाउने व्यवस्था छ।